२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

विद्यालयको छात्रवृत्ति छनोट परीक्षा महानगरपालिका आफैले गर्ने

विद्यालयको छात्रवृत्ति छनोट परीक्षा महानगरपालिका आफैले गर्ने

955
Shares

काठमाडौँ – काठमाडौँ महानगरपालिका भित्रका विद्यालयबाट पाउने छात्रवृत्तिको परीक्षा महानगरपालिका आफैले लिने भएको छ । महानगरपालिका भित्रका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरूलाई वितरण गर्ने छात्रवृत्ति छनोट परीक्षा आगामी आर्थिक वर्षदेखि महानगर स्वयंले सञ्चालन गर्ने भएको हो ।
मेयर बालेन्द्र शाहका अनुसार सो परीक्षा पछि सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब जेहेन्दार पीछडिएको क्षेत्र तथा आदिवासी जनजातिलगायतका छनोटका आधारमा योग्यताक्रम अनुसार छात्रवृत्ति प्रदान गरिनेछ ।

‘काठमाडौँ महानगरपालिका शिक्षा ऐन २०७५ तथा शिक्षा नियमावली २०७४ मा व्यवस्था भए बमोजिम काठमाडौँ महानगरपालिका अन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीका लागि वितरण गर्ने छात्रवृत्तिको लागि विद्यार्थी छनोटसम्बन्धी परीक्षा शैक्षिक सत्र २०८०–०८१ देखि काठमाडौँ महानगरपालिका आफैँले सञ्चालन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij