२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

परराष्ट्रमन्त्री साउद अजरवैजान जाने

परराष्ट्रमन्त्री साउद अजरवैजान जाने

1000
Shares

काठमाडौं– परराष्ट्रमन्त्री एनपी साउद अजरवैजान जाने भएका छन्। वाकुमा आयोजना हुने असंलग्न राष्ट्रहरूको मन्त्रिस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री साउद असार १९ गते राति त्यसतर्फ जाने भएका हुन्।

मन्त्रिपरिषद बैठकले परराष्ट्रमन्त्री साउदलाई भ्रमण अनुमतिसमेत दिइसकेको छ। वाकुमा यही असार २० र २१ गते मन्त्रिस्तरीय बैठक हुनेछ। साथै असार १८ र १९ मा उच्च अधिकारी बैठकसमेत हुनेछ। परराष्ट्रमन्त्री साउदको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डलको टोली त्यसतर्फ जाने भएका हुन्।

असार २२ गते मन्त्री साउद स्वदेश फर्किनेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij