काठमाडौं – टोखा नगरपालिकाले उच्च रक्तचाप र मधुमेह रोगको नियमित औषधि सेवन गर्नेलाई औषधिमा रु. १०,०००/ आधार मानी त्यसको ५० प्रतिशत आर्थिक सहयोग गर्ने भएको छ । दिर्घरोग विरुद्धको अभियानमा मेयर कार्यक्रम अन्तर्गत ५० वर्ष भन्दा माथिका नगरका स्थायी वासिन्दाले यो रकम पाउने टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जानकारी दिनु भयो ।
नगर प्रमुख अधिकारीले एक बिज्ञप्ति जारी गर्दै असार १५ गते सम्म नेपाली नागरिताको प्रमाण पत्र, टोखा नगरपालिकाको स्थायी वासिन्दा भएको प्रमाण, बैंक खाताको चेकको फोटोकपी , डाक्टरको प्रेस्कृप्सन र १० हजार बराबरको औषधि किनेको बिल लियर नगरपालिका स्वास्थ्य शाखामा सम्पर्क राख्न भनिएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij