२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बजाजको फाइनान्स जात्रा सुरू

बजाजको फाइनान्स जात्रा सुरू

705
Shares

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले काठमाडौं उपत्यकाका ग्राहकहरूको सहुलियतलाई ध्यानमा राख्दै फाइनान्स जात्राको शुरुवात गरेको छ। शून्य प्रतिशतमा बजाजसँग यात्रा ट्यागलाइन राखिएको यस फाइनान्स जात्रा अन्तर्गत उपभोक्ताले कुनै पनि बजाज मोटरसाइकल १८ महिना सम्मको किस्तामा शून्य प्रतिशत ब्याजमा खरिद गर्न सक्नेछन्।

जसले गर्दा बजाजका मोटरसाइकलहरू खरिद गर्न चाहने उपभोक्तालाई अझै सजिलो भएको कम्पनीको भनाइ छ। उपत्यकामा जात्रालाई जसरी विशेष महत्व दिएर मनाइने गरिन्छ त्यसरी नै बजाजले पनि आफ्नो फाइनान्स जात्रालाई एक उत्सवका रुपमा मनाएर ग्राहकहरू माझ अझै सहज र उत्साहपूर्ण अफर प्रदान गर्ने प्रयत्न गरेको छ।

यस फाइनान्स जात्रा अन्तर्गत उपत्यक भित्र बजाज मोटसाइकल खरिदमा ५० प्रतिशत डाउन पेमेन्टमा १८ महिनासम्मको किस्तामा शून्य प्रतिशत ब्याजदरको लाभ लिन सकिनेछ। यो जात्रा काठमाडौं उपत्यकाभरीका १८ बजाज शोरूमहरूमा जेठ २८ गतेदेखि ३२ गतेसम्म ५ दिनको लागि लागू हुने कम्पनीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij