२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जीपको ठक्करबाट हेटौँडामा बालकको मृत्यु

जीपको ठक्करबाट हेटौँडामा बालकको मृत्यु

825
Shares

कवानपुर –  मकवानपुरको हेटौँडामा जीपको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–११, सिमलटारबाट हेटौँडातर्फ आइरहेको वाग्मती प्रदेश०३–००१च १५९७ नम्बरको जीपले ठक्कर दिँदा सिमलटारका दुई वर्षीय समर लोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो । प्रहरीले जीप चालकलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij