काठमाडौं- सरकारले प्रिमियर कपको उपाधि जितेको नेपाली क्रिकेट टिमका खेलाडी र प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले खेलाडी र प्रशिक्षकलाई ६ लाख र अफिसियललाई तीन लाख रुपैयाँ दिने निर्णय भएको हो । “एसीसी क्रिकेट प्रतियोगितामा विजयी खेलाडी, मुख्य प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ र अन्य टिम अफिसियललाई तीन लाखको दरले रकम उपलब्ध गराएर प्रोत्सहान गर्ने निर्णय गरेको छ,” सञ्चार तथा सूचना प्रविधि मन्त्री एंव सरकारका प्रवक्ता रेखा शर्माले भनिन् ।
यूएईलाई ७ विकेटको फराकिलो अन्तरले हराउँदै नेपालले एसीसी प्रिमियर कपकाे उपाधि जितेको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij