२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने मन्त्रीपरिषद्को निर्णय

रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने मन्त्रीपरिषद्को निर्णय

630
Shares

काठमाडौं -सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने निर्णय गरेको छ । सोमबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि आउँदो दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णय समेत गरेको सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यसअघि, कृषि मन्त्रालयअन्तर्गतको मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो । सरकारले युरिया मलमा ८० प्रतिशत, डीएपीमा ६० र पोटासमा ५९ प्रतिशत अनुदान दिँदै आएकामा ११.७ प्रतिशतले त्यो कटौती गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij