नबिल बैंक लिमिटेडले ग्रीन फाइनान्सिङलाई डिजिटलाइज गर्न एलोइ प्राइभेट लिमिटेडसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ। यो साझेदारीसँगै नबिल बैंकले एलोइको डिजिटल लोन र रिपेमेन्ट ट्र्याकिङ प्रणालीलाई प्रयोग गरी विद्युतीय व्यावसायिक सवारी साधनहरूलाई डिजिटल ऋण दिने सेवाहरूको प्रभावकारी रूपमा अन्वेषण, मूल्यांकन र सहकार्य गर्नेछ।
नबिल बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र एलोइ प्रा.लिका सह-संस्थापक सोनिका मानन्धरले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। सिइओ शाक्यले दिगो वित्तपोषणका रूपमा व्यवसायिक विद्युतीय गाडीहरूलाई सहज रूपमा ऋण प्रवाह गर्न यस प्रणालीले मद्दत पुग्ने बताए।
दिगो बैंकिङको रूपमा नबिल बैंकले व्यवसायिक विद्युतीय सवारी साधन खरिद गर्न चाहने उद्यमीहरूलाई आकर्षक मूल्य र सजिलो प्रक्रियामा ऋण लिन प्रोत्साहित गर्दै आएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij