२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिवाईसी नेपाल लघुवित्तले ३० प्रतिशत बोनस सेयर दिने

सिवाईसी नेपाल लघुवित्तले ३० प्रतिशत बोनस सेयर दिने

1.6K
Shares

काठमाडौं – सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ७ पुस बिहबार बसेको सञ्चालक समितिको बैंठकले सेयरधनीलाई आर्थिक वर्ष २०७८÷७९ को मुनाफबाट उक्त लाभांश प्रस्ताव गरेको हो ।

लघुवित्तको प्रस्तावित लाभांशमध्ये हाल कायम चुक्ता पूँजी १२ करोड १६ लाख ४१ हजार ८४० रुपैयाँको ३० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि १.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij