काठमाडौं– मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ नेकपा (माओवादी केन्द्र) ले ६ जना महिलालाई टिकट दिएको छ। त्यसैगरी नेपाली कांग्रेस र नेकपा एमालेले ५–५ जनालाई उम्मेदवार बनाएको छन्।
नेकपा माओवादी केन्द्रले पम्फा भुसाल, कल्पना धमला, रेखा शर्मा, ओनसरी घर्ती, गोमा गौतम, विना मगर र मानुषी यमी भट्टराईलाई टिकट दिएको छ।
नेपाली कांग्रेसले सुजाता कोइराला, चित्रलेखा यादव, पुष्पा भुसाल, डीना उपाध्याय र सीता गुरूङलाई टिकट दिएको छ।
नेकपा एमालेले एमालेबाट भगवती चौधरी, शान्ता चौधरी, कोमल वली, गौरी वली र निरूदेवी पाललाई टिकट दिएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij