२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटिजन्स बैंककाे लाभांश घोषणा

सिटिजन्स बैंककाे लाभांश घोषणा

1.1K
Shares

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनलले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले सेयरधनीहरूलाई चुक्ता पुँजीको ९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन्।
हाल कमपनीको चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँ छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij