२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनसेलले पायो नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्कको अवार्ड

एनसेलले पायो नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्कको अवार्ड

945
Shares

एनसेलले नेपालको सबैभन्दा फास्ट मोवाइल नेटवर्कको अवार्ड प्राप्त गरेको छ । विश्वको अग्रणी मोबाइल र ब्रोडब्यान्ड नेटवर्क इन्टेलिजेन्स कम्पनी ऊक्लाले एनसेल आजियाटालाई जनवरी–जुन २०२२ को लागि अवार्ड प्रदान गरेको हो।

कम्पनीले आफ्नो मोबाइल डेटाको डाउनलोड र अपलोड गतिमा हासिल गरेको स्पीड स्कोरका आधारमा एनसेललाई यो सम्मान प्रदान गरिएको बताएको छ।
नेपालको फास्टेस्ट मोबाइल नेटवर्कको अवार्ड जित्न योग्य बन्दै एनसेलले डाउनलोडमा १७.३१ एमबिपिएस र अपलोडमा ९.२६ एमबिपिएस गतिका साथ कुल १७.१६ स्पिड स्कोर प्राप्त गरेको थियो।

यो स्कोर एनसेलको नेटवर्कमा डाउनलोड र अपलोड गतिका आधारमा निक्र्योल गरिएको जनाइएको छ। ऊक्लाले जनवरीदेखि जुन २०२२ को अवधिमा इन्टरनेटको गति मापन गर्ने आफ्नो एप स्पीडटेस्ट आइओएस र एन्ड्रोइडमा नेपालका सबै मुख्य मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्कमा आवद्ध रहेका ग्राहकले गरेका कुल १६ हजार ९२९ स्पिडटेस्टलाई तुलना गरेको थियो।

देशको ८५ प्रतिशत जनसंख्यालाई उच्च गतिको मोबाइल ब्रोडब्याण्ड सेवा फोरजीमा पहुँच सुनिश्चित गराउँदै एनसेलले जुन २०१७ बाट सञ्चालन ल्याएको यो सेवा हाल ७० भन्दा बढी जिल्लामा विस्तार गरिसकेको जनाएको छ। यसै वर्ष मार्चमा एनसेल ‘एसियन टेलिकम अवार्ड २०२२’ को ‘टेलिकम कम्पनी अफ द इयर’ र इन्टिग्रेटेड डेटा सेन्टर स्थापनाका लागि ‘इन्फ्रास्ट्रक्चर इनिसिएटिभ अफ द इयर’ अवार्डबाट सम्मानित भएको थियो ।

त्यसैगरी, अप्रिल मा काठमाडौंमा आयोजित १४औं एचआर मिट सम्मेलनमा एनसेल ‘एक्सिलेन् इन इम्प्लोयर ब्राण्ड अवार्ड २०२२’ बाट समेत सम्मानित भएको कम्पनीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij