२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मुक्तिनाथ कृषि कम्पनीद्वारा एकैसाथ आठ वटा सहायक कम्पनीको उद्घाटन

मुक्तिनाथ कृषि कम्पनीद्वारा एकैसाथ आठ वटा सहायक कम्पनीको उद्घाटन

735
Shares

काठमाडाै‌- मुक्तिनाथ कृषि कम्पनीले एकैसाथ आठ वटा सहायक पब्लिक कम्पनीको उद्घाटन गरेको छ। कम्पनीले चौथो स्थापना अवसरको पारेर कृषि क्षेत्रमा विशिष्टकृत वस्तु तथा सेवाहरू उपलब्ध गराउने लक्ष्य सहित एकैपटक मुक्तिनाथ सिड बैंक, मुक्तिनाथ फर्टिलाइजर बैंक, मुक्तिनाथ नर्सरी बैंक, मुक्तिनाथ लाइभ स्टक बैंक, मुक्तिनाथ हर्बल बैंक, मुक्तिनाथ फुड बैंक, मुक्तिनाथ एग्रो मेशिनरी र मुक्तिनाथ ट्रेडिङ गरी आठ वटा सहायक कम्पनीहरूको उद्घाटन गरेको छ।

देशको कुल ग्राहस्थ उत्पादनमा सबैभन्दा ठूलो हिस्सा ओगटेको कृषि क्षेत्रको समग्र विकासका लागि वित्तीय र गैर वित्तीय सेवाहरू प्रदान गरी कृषि चक्र बनाउने उद्देश्यले बैंकको प्रमुख लगानीमा उक्त कृषि कम्पनीको स्थापना भएको हो।
आफ्नो स्थापनाकाल देखि नै निरन्तर रूपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यवसायिक साझेदार, कम्पनी तथा फर्म, कृषक समूह, सहकारीहरूसँग सहकार्य गर्दै कृषिको मूल्य श्रृंखला विकासका लागि व्यवस्थापकिय भूमिका निर्वाह गर्ने प्रयत्न गरिरहेको बैंकले बताएको छ।

जसको लागि ‘गाउँको उत्पादन शहरमा, शहरको पुँजी गाउँमा’ र ‘समृद्धिको आधार कृषि, कृषिको आधार प्रविधि’ भन्ने मुलमन्त्रलाई सार्थक तुल्याउन ‘कृषकसँग मुक्तिनाथ’ र ‘उपभोक्तासँग मुक्तिनाथ’ अभियानको शुरुवात गरी सोही अनुसारका कार्यक्रमहरू गर्दै आइरहेको कम्पनीले बताएको छ।
मुक्तिनाथ कृषि कम्पनीले आफ्नो चौथो स्थापना दिवस मनाइरहँदा वितेका ४ वर्षहरू विशेषगरी नेपालको कृषि क्षेत्रमा विद्यमान समस्याहरू, भइरहेका प्रयासहरू, व्यवसायिक अवसरहरू र समग्र कृषि क्षेत्रको विकासमा समग्र निजी क्षेत्र र कम्पनीले गर्नुपर्ने लगानीका क्षेत्रहरू पहिचान गर्नका लागि मुख्यतः व्यतित गरेको र स्पष्ट मार्गचित्र तयार गरेको छ।
साथै कम्पनीले आफ्नो उद्देश्य अनुसार हाल कृषकहरूलाई आवश्यक गुणस्तरीय उत्पादनका साधनहरू जस्तै मल, बिउ, रोग किरा नियन्त्रक, औजार उपकरण सहित कृषि परामर्श सेवा, अनुसन्धान, विकास र प्रविधि प्रसारको साथै कृषि उत्पादनहरूको खरिद सुनिश्चितता गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारीकरण सम्बन्धी कार्यहरू गर्दै आइरहेको छ।

हालसम्म कम्पनीले ६२ वटा जिल्लाहरूमा विभिन्न व्यवसायिक साझेदारहरूको माध्यमबाट कम्पनीको वस्तु तथा सेवाहरू प्रवाह गरेको छ।
जसको लागि पोखरा, बुटवल र चितवनमा प्रादेशिक कार्यालयहरू सञ्चालनमा रहेको र यो वर्ष इटहरी, चन्द्रनिगाहपुर, सुर्खेत र धनगढीमा प्रादेशिक कार्यालयहरू स्थापनको अन्तिम चरणमा पुगेको कम्पनीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij