२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिद्धार्थ बैंकको मोबाइल बैंकिङ्ग सेवा ओम्नी च्यानल प्रणालीमा स्तरोन्नति

सिद्धार्थ बैंकको मोबाइल बैंकिङ्ग सेवा ओम्नी च्यानल प्रणालीमा स्तरोन्नति

1.2K
Shares

सिद्धार्थ बैंकले मोबाइल बैंकिङ्ग सेवालाई ओम्नी च्यानल प्रणालीमा स्तरोन्नति गरेको छ । यससँगै बैंकको मोबाइल बैंकिङ सेवा ‘सिद्धार्थ बैंक स्मार्टएक्सपी’ सञ्चालनमा ल्याएको छ । जस मार्फत बैंकका ग्राहकहरूले जुनसुकै समयमा, जहाँसुकैबाट मोबाइल, ट्याबलेट, ल्यापटप जस्ता माध्यमबाट विभिन्न डिजिटल बैंकिङ्ग सेवाहरु उपभोग गर्न सक्नेछन् ।
पासवर्डरपिन बिर्सिएमा आपैmले रिसेट गर्न सकिने, नयाँ चेकबुक अनुरोध गर्न सकिने, बैंकले दिने सेवा सम्बन्धी जानकारी वा समस्या परेमा सोधपुछ र दर्ता गर्न सकिने, बैंकका कर्मचारीहरूसँग भेट्ने समय सुनिश्चित गर्न सकिने, निक्षेप तथा कर्जा खाताको ब्याज हेर्न सकिने यसका अतिरिक्त डिजिटल भुक्तानी गर्न, फन्ड ट्रान्सफर गर्न, मुद्दती खाता खोल्न, आफ्नो खाताको विवरण हेर्न, स्मार्ट टेलरबाट कार्ड वा चेक साथमा नहुँदा पनि सोझै मोबाइल बैंकिङ्ग मार्फत क्युआर कोड स्क्यान गरी भुक्तानी पाउने लगायतका सेवाहरु पनि ग्राहकहरुले उपभोग गर्न सक्ने बैंकले जनाएको छ।
बैंकले हाल देशभर १९० वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), ११७ शाखारहित बैंकिङ्ग सेवामार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij