२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पिपुल्स पावरले साउन ३१ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने

पिपुल्स पावरले साउन ३१ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने

2K
Shares

काठमाडौं – पिपुल्स पावर लिमिटेडले साउन ३१ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ जारी पश्चात् सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

सर्वसाधारणमा कम्पनीले प्रतिकित्ता रू. १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता शेयर निष्काशन गर्न लागेको हो । कुल कित्तामध्ये २ प्रतिशत अर्थात ४९ हजार ३४८ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख २३ हजार ३७० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरि सकिएको छ । यी वाहेक बाँकी २२ लाख ९४ हजार ६८२ कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आउन लागेको हो ।

सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गदै उल्लेखित शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओ छिटोमा भदौ ५ गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने भदौ १४ गतेसम्म विक्री अवधि लम्बिनेछ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । खरिदकर्ताहरूले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर वेवसाइट र एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

यस कम्पनीले ईलाम जिल्लामा ४ दशमलव ९६ मेगावाट क्षमताको पुवा २ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनाको निर्माण लागत ९५ करोड ६ लाख ६९ हजार हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij