२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

म्यूजिक नेपालले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त

म्यूजिक नेपालले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त

2K
Shares

काठमाडौं – म्यूजिक नेपालले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका गर्नका लागि बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ ।
उक्त सम्झौता पत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले र म्यूजिक नेपाल लिमिटेडको तर्फबाट महाप्रबन्धक उत्तम थापाले हस्ताक्षर गरेका हुन् । नेपालको सन्दर्भमा म्यूजिक नेपाल सर्वसाधारणमा सेयर जारी गर्ने यस प्रकारको पहिलो कम्पनी हो ।

अव कम्पनीले आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिई स्वीकृती पाएपछि आईपीओ निष्कासन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij