२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

काठमाडौं कर्मालय र भक्तपुर स्वीट होमद्धारा विद्यार्थीलाई छात्रवृद्धि वितरण

काठमाडौं कर्मालय र भक्तपुर स्वीट होमद्धारा विद्यार्थीलाई छात्रवृद्धि वितरण

2.5K
Shares

काठमाडौं– लायन्स क्लब अफ काठमाडौं कर्मालय र भक्तपुर स्वीट होमद्धारा ललितपुरमा रहेको श्री उदय खर्क मा.वि.का गरिब तथा जेहेन्दार १० विद्यार्थीको लागि बार्षिक छात्रबृद्धि वितरण गरेको छ ।
जिएसटी डिष्ट्रिक संयोजक ३२५ एचका सुदामा कार्कीले विद्यालय र विद्यार्थीको शैक्षिक सुधारको लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । साथै आगामी ५ वर्षसम्म निरन्तर छात्रवृद्धि दिने पनि घोषणा गरेका छन् । समाजसेवामा सक्रिय सुदामा कार्की विभिन्न संघसंस्थामा मार्फत सहयोग गर्दै आएका छन् । उनी शिक्षा, स्वास्थ्य र सिप विकासको क्षेत्रमा सहयोग गर्दै आएका छन् ।
उक्त छात्रवृद्धि वितरण कार्यक्रममा भक्तपुर स्वीट होमका अध्यक्ष कपिल बस्नेत, काठमाडौं कर्मालयका अध्यक्ष भगवान कार्की, उत्तम बस्नेत, पारस दुलाल, प्रकाश ढकाल लगायतका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij