२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मुक्तिनाथ विकास बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच सम्झौता

मुक्तिनाथ विकास बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच सम्झौता

2.3K
Shares

काठमाडौँ – मुक्तिनाथ विकास बैंक र नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिजबीच स्मार्ट क्युआरमार्फत भुक्तानी सेवा प्रदान गर्नको लागि सम्झौता भएको छ।

एक कार्यक्रम बीच बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ र स्मार्टच्वाइस टेक्नोलोजिजको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। यस सम्झौताको मुख्य उद्देश्य भुक्तानी प्रणालीमा नगदको भौतिक प्रयोगलाई कम गर्दै विद्युतीय कारोबारलाई बढवा दिनु हो।सम्झौता पश्चात स्मार्टच्वाइस टेक्नोलोजिज र बैंकबीच स्मार्ट क्युआर प्रयोगको क्षेत्रमा सहकार्य हुनेछ।

साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न विकास बैंकको एटिएम कार्डको प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएमबाट निः शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ।
त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिटेन्स जम्मा तथा मिस्डकल बैंकिङ जस्ता सेवाहरू बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij