श्रीलंकामा प्रदर्शनकारीहरूले राष्ट्रपति भवन घेरेपछि राष्ट्रपति गोतबाया राजापाक्षे भागेका छन्। समाचार संस्था एएफपीले सुरक्षा निकाय स्रोतलाई उदृत गर्दै लेखेको समाचारमा राष्ट्रपति भवनलाई प्रदर्शनकारीहरूले घेरेर प्रवेश गरेका छन्। त्यससँगै राष्ट्रपति राजापाक्षे घरबाट भागेका हुन्। उनी कहाँ गएका छन् भन्ने खुलेको छैन।
प्रदर्शनकारीहरूले गत मार्चयता राजापाक्षेको राजीनामा माग गर्दै आएका छन्। श्रीलंकामा आर्थिक संकट आएदेखि उनको राजीनामा माग्न थालिएको हो।
आर्थिक संकटका कारण पेट्रोलियम पदार्थ समेत आयात गर्न छाडेको छ। विद्यालयहरू पनि बन्द छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij