२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कुन मन्त्रालयलाई कति बजेट ? (सूचीसहित)

कुन मन्त्रालयलाई कति बजेट ? (सूचीसहित)

3.3K
Shares

काठमाडौं–  सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रूपैयाँको बजेट ल्याएको छ। राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ४५ अर्बको बजेट सीमा पठाएको थियो।

अर्थमन्त्री जर्नादन  शर्माले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले चालु खर्चमा ७ खर्ब ५३ अर्ब, पुँजीगत खर्चमा ३ खर्ब ८० अर्ब र वित्तीय व्यवस्थामा २ खर्ब ३० अर्ब बजेट छुट्याएका छन्। त्यस्तै सरकारले १२ खर्ब ४० अर्ब ११ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको छ।

वैदेशिक अनुदानबाट ५५ अर्ब ४६ करोड जुटाउने र २ खर्ब ४२ अर्ब वैदेशिक ऋण लिने भएको छ। सरकारले आगामी आवमा २ खर्ब ५६ अर्ब आन्तरिक ऋण उठाउने भएको छ।

 

कुन मन्त्रालयले कति बजेट

क्र सं मन्त्रालय बजेट (रूपैयाँमा)
 कृषि तथा पशुपन्छी विकास  ५५ अर्ब ९७ करोड
उद्योगबाणिज्य तथा आपूर्ति १० अर्ब ४८ करोड
  स्वास्थ्य तथा जनसंख्या ६९ अर्ब ३८ करोड 
वन तथा वातावरण १३ अर्ब
श्रमरोजगार तथा सामाजिक सुरक्षा ९ अर्ब १३ करोड
 भूमि व्यवस्थासहकारी तथा गरिबी निवारण ७ अर्ब ४ करोड
शिक्षाविज्ञान तथा प्रविधि ७० अर्ब ५ करोड
युवा तथा खेलकुद २ अर्ब ४६ करोड
महिलाबालबालिका तथा ज्येष्ठ नागरिक १ अर्ब ७७ करोड
१० भौतिक पूर्वाधार तथा यातायात १ खर्ब ६१ अर्ब ५६ करोड
११ सञ्चार तथा सूचना प्रविधि ८ अर्ब ५९ करोड
१२ शहरी विकास ३७ अर्व ७३ करोड
१३ संघीय मामिला तथा सामान्य प्रशासन २५ अर्ब ३ करोड

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij