२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अपडेट : शिवपुरीमा माओवादी–समाजवादी गठबन्धनको अग्रता कायमै

अपडेट : शिवपुरीमा माओवादी–समाजवादी गठबन्धनको अग्रता कायमै

2.5K
Shares

शिवपुरी – शिवपुरी गाउँपालिकाको वडा नं२ को मतगणना सुरु भएको छ । १८७८ मतदाता रहेको वडा नं. २ मा १३७७ मत खसेको छ ।
वडा नं.२ मा नेपाली कांग्रेसबाट रुद्र बहादुर गुरुङ, नेकपा एमालेबाट कुल बहादुर तामाङ, नेकपा माओवादी केन्द्रबाट कुमार तामाङ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सञ्जय तामाङ वडा अध्यक्ष पदका उम्मेदवार छन् । हालसम्म ९०० मत गणना हुँदा माओवादीका उम्मेदवार कुमार तामाङले ४२८ मत पाएका छन् भने उनलाई ३६० मतका साथ नेपाली कांग्रेसका उम्मेदवार रुद्र बहादुर गुरुङले पछ्याइरहेका छन् ।
गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षमा वडा १ को मत समेत जोजिएको छ । हालसम्म माओवादी केन्द्र र समाजवादी गठबन्धनका पदम उप्रेतीको ११३५ र कांग्रेसका गोविन्द थपलियाको ८९० छ । एमालेका जितेन्द्र बिष्टको २२० मत छ । त्यस्तै उपाध्यक्षमा हालसम्म गठबन्धन उम्मेदवार विर बहादुर तामाङको १३६३, नेपाली कांग्रेसका इन्दिरा थापा खड्काको ९१७ र एमालेका मंगलमाया प्रजापतिको २०८ मत छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij