२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सन्तोष र अस्मिताको ‘आँखा झिमिक्क पारेर’ गीतको भिडियो सार्वजनिक

सन्तोष र अस्मिताको ‘आँखा झिमिक्क पारेर’ गीतको भिडियो सार्वजनिक

945
Shares

काठमाडौं– सर्जक सुरेन्द्र महर्जन ‘अमर’ को आधुनिक गीत ‘आँखा झिमिक्क पारेर’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।
गीतमा विश्व कृतिमानी संगीतकार सन्तोष श्रेष्ठको संगीत र स्वर रहेको छ । श्रेष्ठलाई गायिका अस्मिता अधिकारीले साथ दिएकी छिन् ।

गीतमा एरेञ्ज सुलभ घिमिरेले दिएका छन् । म्युजिक भिडियोलाई निर्देशन सुरेश थापाले गरेका छन् । कोरियोग्राफर सुरेन्द्र बसेल, क्यामरा प्रवेश पोखरेल, सम्पादन सुरेश राउतको रहेको छ ।
म्युजिक भिडियोमा हरिश निरौला, सुमन ज्योति, पूजा उप्रेती, आयुषी कटवाल र जया थापाको अभियन रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij