काठमाडौं – दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. विकास लामिछाने नियुक्त भएका छन् ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले डा। लामिछानेलाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेका हुन् । कुलपतिबाट डा. लामिछानेले मंगलबार पत्र बुझेका हुन ।
.
डा. लामिछाने दाङकै हापुरेका बासिन्दा हुन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं राप्ती प्रतिष्ठानका सहकुलपति विरोध खतिवडा नेतृत्वको सिफारिस समितिले उपकुलपति नियुक्तिका लागि तीनजनाको सिफारिस गरेको थियो ।प्रतिष्ठानको उपकुलपतिका लागि डा. लामिछानेसँगै डा. रामेश कोइराला र डा. ऋषिकेशनारायण श्रेष्ठको नाम सिफारिश भएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij