२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

1.1K
Shares

काठमाडौं – सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार २०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९६ हजार ६०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज ४०० ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ७०० तोकिएको छ । जसको मूल्य हिजो प्रतितोला ९६ हजार १०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा ५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३०० कायम रहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij