२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनआईसी एशिया बैंकद्वारा बचत खातामा १० लाख बराबरको घातक रोग बीमा रकम भुक्तानी

एनआईसी एशिया बैंकद्वारा बचत खातामा १० लाख बराबरको घातक रोग बीमा रकम भुक्तानी

2.9K
Shares

काठमाडौं – एन आई सी एशिया बैंकले ‘न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता’ योजनामा उपलब्ध १० लाख रुपैयाँ बराबरको घातक रोग बीमा रकम एक जना खातावालालाई भुक्तानी गरेको छ ।

जसअनुसार यस बैंकको काठमाडौंस्थित बत्तीसपुतली शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत योजना अन्तर्गतको ‘डायमण्ड श्रेणी’ को खाता खोल्नु भएको भिमसेनगोला, काठमाडौं निवासी ३६ वर्षीय श्याम प्रसाद पन्तलाई घातक रोगको उपचार बीमा वापत १० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरिएको हो । निजलाई यस बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । खातावालालाई नेको इन्स्योरेन्ससँगको सहकार्यमा उक्त बीमा रकम भुक्तानी गरिएको छ । यस बैंकको बीमा सहितको बचत खाताअन्तर्गत हालसम्म देशभरका ७०० जना भन्दा बढी ग्राहकहरूले बीमा वापत ४ करोड ३० लाख रुपैयाँभन्दा बढी रकम प्राप्त गरिसकेका छन ।
बैंकको ‘सर्वश्रेष्ठ बचत खाता’ योजनाको गुडविल एम्बेसडर श्रेणी अन्तर्गत ५ वर्षको लागि खातावाला एवं निजले मनोनित गर्नुभएको ३ अन्य व्यक्तिहरूको प्रतिव्यक्ति २१ लाख रुपैयाँसम्मको गरी कुल ८४ लाख रुपैयाँसम्मको बीमा फाइदाको व्यवस्था गरिएको छ । साथै, यस निक्षेप योजना अनुसार ग्राहक महानुभावहरूले प्राप्त गर्नुहुने ३ बीमा सम्बन्धी फाइदाहरू, ३ कर्जा सम्बन्धी फाइदाहरू लगायत डेबिट कार्ड सेवा रहेको छ ।
त्यस्तै, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो शेयर खाता, ई–कमर्श नवीकरण, चेक क्लियरिङ, लकर सेवा, एटिएम लगायत १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू नेपालको बैंकिङ्ग क्षेत्रमै पहिलो पटक ५ वर्षको लागि पूर्ण रुपमा निःशुल्क रहने व्यवस्था बैंकले गरेको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij