२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपालकालागि नेपाली पार्टीका उपाध्यक्ष राप्रपामा प्रवेश

नेपालकालागि नेपाली पार्टीका उपाध्यक्ष राप्रपामा प्रवेश

2.7K
Shares

काठमाडौं –  नेपालकालागि नेपाली पार्टीका  उपाध्यक्ष शंकर खराल राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् । शनिबार पोखरामा आयोजित कार्यक्रममा खरालसहितका नेता कार्यकर्ता राप्रपामा प्रवेश गरेका हुन् । 
खरालसहित राप्रपा प्रवेश गर्नेहरुलाई अध्यक्ष राजेन्द्र लिङ्देन र निवर्तमान अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले स्वागत गरेका थिए । कार्यक्रममा राप्रपाका अध्यक्ष लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र दल एउटाको विकल्प अर्को हुन नसक्ने भन्दै राप्रपा वैकल्पिक शक्ति भएको दावी गरे । खनालसगै करिब ३०० भन्दा बढि राप्रपामा प्रबेश गरेको जनाईएको छ । खराल विश्व हिन्दु महासंघका उपाध्यक्ष समेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij