काठमाडौं – जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) आइतबार साढे ४ बजे बाँडफाँड हुने भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार बेलुका साढे ४ बजे आईपीओ बाँडफाँडको तयारी गरिएको हो ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार जाल्पा लघुवित्तको आईपीओ ४८ हजार ७९० जनाले मात्र गोलाप्रथाबाट १० कित्ताका दरले हात पार्नेछन् । बाँकी २६ लाख बढीको हात खाली हुनेछ । कम्पनीले माघ २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणबाट ४ करोड ८७ लाख ९० हजार रुपैयाँ बराबरको सेयर खरीदका लागि आह्वान गरेको थियो ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार अन्तिम दिन मंगलबार साँझ पाँच बजेसम्ममा सर्वसाधारणबाट हालसम्मकै उच्च २६ लाख ५९ हजार ५४० वटा आवेदन परेको थियो । उल्लेखित संख्याबाट ३ अर्ब २५ करोड २० लाख ५८ हजार रुपैयाँको सेयर खररीका लागि माग आवेदन परेको थियो । जुन सर्वसाधारणबाट माग भएको रकमको ६६.६५ गुणा बढी हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij