२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पिपराका वडाध्यक्ष शम्भुप्रसाद यादवविरूद्ध भ्रष्टाचार मुद्दा

पिपराका वडाध्यक्ष शम्भुप्रसाद यादवविरूद्ध भ्रष्टाचार मुद्दा

2.5K
Shares

काठमाडौं– महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष शम्भुप्रसाद यादवविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार यादवविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

सोही वडामा रहेको सुब्बा पोखरी ठेक्काबापत बुझाउनुपर्ने रकम नबुझाइ ३५ लाख २१ हजार २०४ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियारले उनीमाथि मुद्दा दायर गरेको हो। उनीसँग त्यति नै बराबरको बिगो र सजाय माग दाबी लिइएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बताए। सुब्बा पोखरीका ठेकेदार वडाध्यक्ष यादव नै थिए। उनले पोखरी हकभोग गरेवापत् ठूलो रकम वडाध्यक्ष निर्वाचितपछि नबुझाएको आरोपमा अख्तियारले अनुसन्धान सुरू गरेको थियो।

यादवले पदको प्रभाव पारेर निर्वाचित भएपछि कुनै पनि किस्ता नबुझाएको पाइएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij