काठमाडौं – लक्ष्मी बैंकले आफ्नो १४१औँ शाखा काठमाडौं महानगरपालिका २९ को डिल्लीबजारमा सञ्चालनमा ल्याएको छ । डिल्लीबजारको कालिका मार्गमा रहेको नयाँ शाखामार्फत बैंकले वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरूमाझ वित्तीयपहुँच पुर्याउने लक्ष्य राखेको जनाएको छ ।
नयाँ शाखाको सुरुवातसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४१ शाखा, १० एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७२ एटीएम, २५०० भन्दा बढी रेमिटेन्स एजेन्ट तथा ६३ शाखारहित बैंकिङ एजेन्टहरू पुगेको जनाइएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij