२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

झापाको बाह्रघरेमा सनराइज बैंकका ८६ औं शाखारहित बैंकिङ्ग सेवा

झापाको बाह्रघरेमा सनराइज बैंकका ८६ औं शाखारहित बैंकिङ्ग सेवा

1.2K
Shares

काठमाडौं – सनराइज बैंकले झापा जिल्लाको कमल गाउँपालिका वडा नं–७, बाह्रघरेमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ८६ पुगेको छ । बैंकले उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा बिजय गौलीलाई नियुक्त गरेको छ ।

बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए।टि।एम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।

हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ८६ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा एटिएम मार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij