२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से परिसूचक दोहोरो अंकले घट्यो, कारोबार रकम साढे ३ अर्ब

नेप्से परिसूचक दोहोरो अंकले घट्यो, कारोबार रकम साढे ३ अर्ब

1.5K
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा निरन्तर गिरावट आएको छ । आज बुधबार पनि नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । आज नेप्से २२.११ अंकले घटेर दुई हजार ८ सय १३ दशमलब ४७ विन्दुमा झरेको हो । मंगलबार पनि नेप्से १६.३० अंकले घटेर दुई हजार ८ सय ३५ दशमलब ५८ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । दिनभर भएक ४५ हजार ११२ कारोबारबाट २२३ कम्पनीका ६५ लाख २० हजार ६२८ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कराोबार रकम ३ अर्ब ४७ करोड ११ लाख ९ हजार १८२ रुपैयाँमा रोकिएको छ । मंगलबार ६ अर्ब २८ करोड ७२ लाख बराबरको कारोबार भएको थियो ।

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीहरु एक कम्पनीको शेयरमूल्य भने बढेको छ । आज लिवर्टी इनर्जी कम्पनीको शेयरमूल्यमा वृद्धि भएको हो । यस कमपनीको शेयरमूल्य ३.८ प्रतिशतले बढेर प्रतिकित्ता ४०१ रुपैयाँ पुगेको छ ।

त्यस्तै, बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यसको शेयरमूल्य ६.६४ प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावरको भएको छ । यस कम्पनीको आज १८ करोड ६१ लाख भन्दा बढीको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij