काठमाडौं– ओमान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरीएको छ । आईसीसी टी–२० विश्वकपग्लोबल क्वालिफायरमा सहभागिता जनाउन ओमान जान लागेको नेपाली टोलीलाई बिदाई गरीएको हो । मंगलबार भर्चुअल माध्यमद्धारा आयोजित बिदाई कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ले खेलाडीहरुलाई बिदाई गरेका हुन । कोरोना संक्रमण जोखिमकाकारण नेपालक्रिकेट संघ (क्यान) ले भर्चुअल माधयमद्धारा मंगलबार बिहान बिदाई कार्यक्रम आयोजना गरेको हो । विश्वकपमा छनोटका लागि हुने खेलका लागि नेपाली टोली मंगलबार राति ८ः३० बजे ओमान प्रस्थानगर्ने तालिका रहेको छ ।
ग्लोबल छनोटका लागि नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानाडा, युएई, बहराईन, आयरल्यान्ड र जर्मनीबिच खेल हुने भएको छ । फेब्रुअरी १८ देखि २४ तारिखसम्म हुने छनौट खेल अन्तर्गत समूह ‘ए’ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन् भने समूह ‘बी’मायुएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।
छनोट अघि नेपालले ओमानमा चार देशीय टी–२० सिरिज खेल्ने तालिका समेत रहेको नेपाल क्रिकेट संघ (क्यान)क ाअध्यक्ष चतुर बहादुर चन्दले जानकारी दिए । सिरिजमा नेपालसहित आयरल्यान्ड, युएई र ओमान रहेका छन् । खेलाडीहरुलाई बिदाई गर्दै मन्त्रीले विश्वकपका लागि ग्लोबल छनोट भएर आउन शुभकामना दिए । नेपाली क्रिकेट क्षेत्रले छोटो समयमै उल्लेख्य प्रगती गरेको भन्दै मन्त्री गहतराजले यस पटक विश्वकपका लागि नेपाली टोली छनौट हुनेमा आफु विश्वस्त रहेको बताए । नेपाली विरता सम्झीएर खेल्न समेत मन्त्रीले खेलाडीहरुलाई आग्रह गरे ।
राज्यले खेल पुर्वाधार निर्माणका लागि उल्लेख्य प्रयास गर्दै आएको तर्फ ईगितगर्दै मन्त्री गहतराजले केही ठुला पुर्वाधारहरु निर्माणधिन अवस्थामा रहेकाले आफ्नै कार्यकालमा त्यसलाई पुर्णता दिने गरी निर्माण प्रक्रिया अगाडी बढाईएको बताए । क्यानका अध्यक्षचतुर बहादुर चन्दले बिगतमा देखिएका कमिकमजोरीलाई सच्याउँदै क्रिकेटको विकासक ालागि सबै एक हुनुपर्नेमा जोड दिए । साथै खेलाडीहरुलाई उच्च मनोवलका साथ उत्कृष्ट खेल प्रदर्शनका लागि समेत शुभकामना दिए ।
बिदाई कार्यक्रममा युवातथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, नेपाली राष्ट्रिय क्रिकेट टोलीक ाप्रशिक्षक पुबुदु दासानायके, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोईरालालगाएतको उपस्थिती रहेको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij