काठमाडौं – जीवन विकास लघुवित्त वित्तीय संस्था लि.ले को आकर्षक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. ४० करोड १६ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ९ प्रतिशतले वृद्धि भएको हो । गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. ३६ करोड ८१ लाख नाफा कमाएको थियो ।
गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा खुद ब्याज आम्दानी ३२ प्रतिशत र सञ्चालन नाफा ४४३ प्रतिशत वृद्धि भएको छ । त्यसैगरी चालू आवको दोस्रो त्रैमाससम्मममा कम्पनीले रू. १९ करोड ८३ लाख खराब कर्जा संकलन गर्न सफल भएको छ । कम्पनीको चुक्ता पूँजी रू. ६० करोड ८४ लाख रहेको छ भने जगेडामा रू. १ अर्ब ७२ करोड सञ्चित गरेको हो ।
चालु आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. १० अर्ब ४३ करोड सापटि लिएर, रू. ८ अर्ब २४ करोड निक्षेप संकलन गरेर रू. २२ अर्ब ८२ करोड भन्दा बढी कर्जा लगानी गरेको छ । प्रतिशेयर आम्दानी रू. १३२ दशलमव ०४,मूल्य आम्दानी अनुपात ३४ दशमलव २३ गुणा,तरलता अनुपात ८ दशमलव ५८ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. ३८३ दशलमव ०७ रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij