२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

फागुन ४ गतेदेखि राष्ट्र उत्थान लघुवित्त आईपीओ खुल्दै

फागुन ४ गतेदेखि राष्ट्र उत्थान लघुवित्त आईपीओ खुल्दै

7.2K
Shares

काठमाडौं– राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) फागुन ४ गतेदेखि निष्काशन तथा बिक्री खुला हुने भएको छ ।
प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ अंकित दरका ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो ।
हाल लघुवित्तको चुक्ता पूँजी १७ करोड ५० लाख रुपैयाँ छ । आईपीओ बिक्रीपछि लघुवित्तको चुक्ता पूँजी २६ करोड रुपैयाँ पुग्नेछ ।

लघुवित्तले बिक्रीमा ल्याउने सेयरमध्ये जारी पूँजीको ०.५० प्रतिशत अर्थात १३ हजार कित्ता लघुवित्तका कर्मचारीहरुका लागि र कुल जारी सेयरेको ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । बाँकी ७ लाख ९४ हजार ५०० कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
फागुन ४ गतेदेखि निष्काशन तथा बिक्री खुला हुने आईपीओमा फागुन ८ गते आइतबारसम्म आवेदन दिन सकिनेछ । सो समयमा सबै सेयर बिक्री नभएको खण्डमा ढिलोमा फागुन १८ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्इवस्था छ ।

नेपाल धितोपत्र बोर्डबाट सि–आस्वा सदस्य अनुमति लिएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आईपीओमा आवेदन दिन सकिन्छ । आईपीओ निष्काशनका लागि कम्पनीले गराएको साख मूल्याङ्कनमा क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा रेटिङ्ग नेपालले लघुवित्तलाई ‘इक्रा एनपी आईआर डबल बि रेटिङ्ग’ प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त संस्था समयमै वित्तीय दायित्व पूरा गर्नसक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij