२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यी हुन नेपालमा उपलब्ध राइड सेयरिङ एप

यी हुन नेपालमा उपलब्ध राइड सेयरिङ एप

3.3K
Shares

 

नेपालमा पछिल्लो समय राइड सेयरिङ सुविधा दिने धेरै कम्पनिहरु सञ्चालनमा आएका छन् । विशेषगरी एपको सहायतामा एपले ग्राहक र राइडरलाई जोड्ने काम गर्दछ । यस्ता एपहरु पछिल्लो समय लोकप्रिय पनि रहेका छन् ।
बजारमा रहेका राइड सेयरिङ एपहरुको बारेमा जानकारी दिन लागेका छौं । एप र तीनका सेवा सुविधाको बारेमा यहाँ प्रस्तुत गरिएको छ । कोरोनाको कारण सार्वजनिक सवारी साधनमा हुने भिडभाडको कारण राइड सेयरिङ एपहरु ग्राहकको रोजाइमा परेका छन् । साथै सवारी साधन हुनेहरुको लागि आम्दानीको राम्रो माध्यम समेत बन्न थालेको छ ।

साहारा
साहारा एप छोटो समयमा लोकप्रिय बन्न सफल नेपालीहरु विकसित गरिएको शुद्ध नेपाली एप हो । यो एप उत्कृष्ट सुविधाको लागि परिचित छ । एपबाट आफ्नो लागि र अरूको लागि बुक गर्न सक्छौं । नेपालका अन्य सवारीसाधनको तुलनामा साहाराको भाडादर सस्तो छ । छोटो समयमै काठमाडौं उपत्यकामा सहारा प्रख्यात बन्न सफल भएको छ । सबैभन्दा पहिले यसलाई सुपर एपको रूपमा नाम दिइएको थियो र फेरि सहारामा रिः ब्राण्डिङ गरिएको हो । रिःब्रान्डिङ गरेपछि साहारा काठमाडौं उपत्यकामा बढी चर्चित छ । साहारा ग्राहकहरूका लागि हो भने साहारा पार्टनर सेवा प्रदान गर्ने सवारी चालकहरूका लागि हो । साहारा पार्टनरलाई पनि साहाराले शून्य प्रतिशत कमिशन उपलब्ध गराउँदै आएको छ । अहिले नेपालका अधिकांश राइडरहरू साहारा एपतर्फ आकर्षित भएका छन् ।

पठाओ
पठाओ बंगलादेशबाट नेपालमा एप हो । पठाओले छोटो समयमा नै बजारमा आफ्नो उपस्थित स्थापित गराउन सफल भयो । यस एपमा तपाईले छोटो समयमा राइडर पाउन सक्नुहुन्छ त्यसैले मानिसहरूले यो एपलाई अत्यावश्यक अवस्थाको लागि प्रयोग गर्न सक्छन् ।

टुटल
टुटल राइड सेयरिङ एप काठमाडौं उपत्यका सेवा दिइरहेको छ । जसले सवारीको खोजीमा रहेका मानिसहरूलाई दुई सवारी साधनमा साझेदारी गर्न इच्छुक व्यक्तिहरूसँग जोड्दछ । यो एपको पनि उपत्यकामा राम्रो उपस्थीति रहेको छ ।

ट्याक्सीमाण्डू
ट्याक्सीमाण्डूे एप काठमाडौं उपत्यकामा ट्याक्सीको यात्राका लागि सजिलो माध्यम बनेको छ । यो ट्याक्सी बुक गर्नको लागि प्रयोग हुने एक मोबाइल एप हो । यो ट्याक्सी बुक गर्न र यात्रा गर्न धेरै सजिलो छ ।

इनड्राइभर
नेपालमा इनड्राइभर राइड सेयरिङ एप आएको धेरै भएको छैन् । यो एपमा आफुले कति भाडामा जाने हो त्यही अनुसार राइडरहरु छान्न सकिन्छ । यसमा न्युनतम भाडामात्र ताकिएको हुन्छ । त्यसमा यात्रु र राइडर आफैंले आफ्नो भाडा तोक्न सक्छन् ।
यसले कमिसन पनि लिँदैन । तर नेपालमा यसको दर्ता र कार्यालय भने छैन ।

लुजुम
नेपाली राइड सेयरिङ सर्भिसको बजारमा अर्को नाम हो ‘लुजुम’ अर्थात ‘लौ जाऔं’ । नेपालको सवारी प्रणाली सहज र सुलभ बनाउने योजना लिएर आएको बताउने यस एप अनलाइन र अफलाइन दुवै माध्यमबाट बुकिङ सेवा दिएर इन्टरनेट तथा स्मार्टफोन नभएका यात्रीलाई पनि जोड्ने तयारीमा रहेको बताउँछ ।

सारथी

सारथी एप अफ लाइन क्याब राइड सेयरिङको रुपमा २०१७ देखि शुरु भएको हो । अहिले यो आईओएस र एन्ड्रोइन भर्सनमा उपलब्ध छन् । फिचर भने अरु राइड सेयरिङ एपहरुको जस्तै छन् ।

पछिल्लो समयमा नयाँ नयाँ राइड सेयरिङ एपहरु पनि बजारमा आउन थालेका छन् । तर ति सबै राम्रो संग सञ्चालन भने हुन सकेको छैन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij