२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से १०५ अंकले वृद्धि, ६ अर्ब ३२ करोडको कारोबार

नेप्से १०५ अंकले वृद्धि, ६ अर्ब ३२ करोडको कारोबार

875
Shares

काठमाडौं– साताको पहिलो कारोबार दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०५ अंकले बढेको छ । गतसाता लगातार ४ दिनमा करिब १५० अंकले घटेर बिहिबार समान्य सुधार आएको थियो । यो साताको पहिलो कारोबार दिनमा नै १०० अंकभन्दा बढिले उकालो लागेको हो ।

यस क्रममा आज ६ अर्ब ३२ करोड रुपैया बराबरको १ करोड २१ लाख ५५ हजार कित्ता सेयर किनबेच भएको छ । नेप्सेका अनुसार आज छ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा वीन नेपाल लघुवित्त वित्तीय संस्था, लिवर्टी इनर्जि कम्पनी, शिवश्री हाइड्रोपावर, नेपाल इन्फाइन्ट्रक्चर, अरुण भ्याली हाइड्रोपावर र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी रहेको छ । यी कम्पनीको शेयरमूल्यमा आज पोजेटिभ सर्किट लागेको छ ।

त्यस्तै, मञ्जुश्री फाइनान्स डिभेञ्चरको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी अपी पावर कम्पनीको भएको छ । यस कम्पनीको आज २६ करोड १५ लाख भन्दा बढीको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij