२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हिमालय एयरलाइन्सलाई आइ.एस.ओ प्रमाणीकरण

हिमालय एयरलाइन्सलाई आइ.एस.ओ प्रमाणीकरण

1.6K
Shares

काठमाडौं– हिमालय एयरलाइन्सले नेपालमा आइ.एस.ओ ९००१ः२०१५ प्रमाणीकरण प्राप्त गरेको छ । एयरलाइन्सलाई स्तरीय व्यवस्थापन प्रणाली आइ.एस.ओ का मापदण्ड अनुरूप भएको प्रमाणीकरण गर्दै गत पुस १४ गते प्रदान गरिएको थियो । आइ.एस.ओ ९००१ः२०१५ प्रमाण–पत्र नं 120057/A/0001/UK/En ​ संयुक्त अधिराज्यस्थित ‘युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स’ र ‘युनाइटेड किङ्गडम एक्रिडिटेसन सर्भिस’ द्वारा हिमालय एयरलाइन्सलाई प्रदान गरिएको हो ।

एयरलाइन्सले स्तरीय सेवा र उड्डयन क्षेत्रसँग सम्बन्धित विविध तालिम लगायतका सेवा व्यवस्था गरेबापत उक्त प्रमाणीकरण प्राप्त गरेको हो । आइ.एस.ओ विश्वव्यापी मान्यता प्राप्त स्तरीय व्यवस्थापन प्रणाली अर्थात् व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मानकीकरण संगठन (ISO) ​को प्रभावशाली मानक हो ।
आफ्नो व्यवस्थापकीय समूहलाई बधाई दिँदै एयरलाइन्सका अध्यक्ष झो एन्योङ्गले भने,‘आइ.एस.ओ प्रमाणीकरण प्राप्त गर्नु अत्यन्तै गर्वको कुरा भन्दै सामूहिक प्रयासको उत्कृष्ट प्रतिफल भएको बताए ।’ साथै, उनले आगामी दिनमा व्यवस्थापनलाई अझै परिष्कृत गर्ने, सेवाका स्तर बढाउने र नीति–नियमहरूको उचित रूपमा पालना गर्दै लागिपर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले पनि यस उपलब्धि उल्लेखनीय रहेको बताए । हिमालय एयरलाइन्स नेपाल–चीन संयुक्त लगानीको निजी वायुसेवा कम्पनी हो । एयरलाइन्सले २०२० मा हवाई जहाज मर्मत–सम्भार तथा उड्डयन सम्बन्धी इन्जिनियरिङ सेवा बापत पनि आइ.एस.ओ बाट सम्मानित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij