२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा स्थगित

पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा स्थगित

825
Shares

काठमाडौं – पूर्वाञ्चल विश्वविद्यालयले पनि परीक्षा स्थगित गरेको छ । आइतबारदेखि माघ मसान्तसम्म सबै परीक्षा स्थगित गरिएको परीक्षा नियन्त्रक मोहन बस्नेतले जानकारी दिए ।

आज बसेको परीक्षा निर्देशन समितिको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको नियन्त्रक बस्नेतले बताए । उनले भने ‘आज हामी बैठक बसिरहेका छौं । नौ गतेदेखि माघ मसान्तसम्म हाललाई सबै परीक्षा स्थगित गर्ने निर्णय गरेका छौं ।’ पीयूले पाँच वर्षे बीएएलएलबीको परीक्षा सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij