काठमाडौं – किशोर विश्वकर्माको स्वर र संगीतमा रहेको गीत झालमा फल्ने लौकाको भिडियो सार्वजनिक भएको छ । पहिले पहिले लाहुर गएर फर्कदाको झल्को दिने गीतमा गायक किशोर र अनुजा अधिकारीको अभिनय छ । साथमा मेघराज पौडेल र सलिना मिश्रको पनि अभिनय हेर्न सकिन्छ ।
यो गीतमा योगेश मुखियाको शब्द, कमल सौरागको संगीत संयोजन छ । पर्पल डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतको मिक्सिङ सुमख खडेकाले गरेका हुन् ।
रमेश थापाको निर्देशनमा तयार भएको म्युजिक भिडियोलाई देव पुनले खिचेका हुन् । भिडियोमा तारा किम्लेको सम्पादन छ । सिता राईले कोरियोग्राफी गरेको यो म्युजिक भिडियोमा सुजन कोइरालाको कलर संयोजन छ । आस्था क्रियसन युट्युब च्यानलमा अपलोड गरिएको गीतको पोष्ट प्रोडक्सन चन्द्र बिनायक फिल्म्समा गरिएको हो ।
https://youtu.be/RVzLLW-HSF8
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij