२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

फोन-पेको नयाँ रेकर्ड, पौष महिनामा मात्रै ५१ अर्ब बढीको कारोबार

फोन-पेको नयाँ रेकर्ड, पौष महिनामा मात्रै ५१ अर्ब बढीको कारोबार

735
Shares

काठमाडौं – भुक्तानी प्रणाली सञ्चालक फोन-पे सर्भिस लिमिटेडको नेटवर्कमार्फत पुस मसान्तसम्ममा ५१ अर्ब बढिको कारोबार भएको छ। पछिल्लो समय विद्युतीय कारोबार तीव्र रूपमा बढिरहदा फोन-पे नेटवर्कले योसँगै नयाँ रेकर्ड बनाउन सफल भएको हो।

पुस महिनाभर फोन-पे नेटवर्कबाट कुल ४४ लाख कारोबार संख्याबाट ५१ अर्ब रूपैयाँ बढीको कारोबार भएको हो। फोन-पेको नेटवर्क प्रयोग गरी प्रयोगकर्ताहरूले क्युआर कोड भुक्तानी, अन्तर बैंक पैसा ट्रान्सफर, विभिन्न किसिमका अनलाइन मर्चेन्ट भुक्तानीलगायतका कार्यबाट यो रकम कारोबार भएको हो।

फोन-पेमार्फत कुनै पनि बैंकमा रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर उल्लेख गरेर १० रुपैयाँ मै सहज रुपमा रकम पठाउन सकिन्छ। साथै मर्चेन्टले निःशुल्क क्युआर प्राप्त गर्न सक्छन् भने ग्राहकले भुक्तानी गर्दा पनि कुनै शुल्क लाग्दैन।

फोन-पे पेमेन्ट सर्बिस लिमिटेड नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक हो। फोन-पे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आबद्ध छन्। फोन-पेमा ई-सेवा, आइएमई-पे र सेल-पे जस्ता भुक्तानी सेवा प्रदायक आबद्ध छन्।

एक करोड ४० लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा ६० लाख बढि भुक्तानी सेवा प्रदायकका मोबाइल एप्स मार्फत यसले सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij