२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्रिय युवा परिषद‍्को उपाध्यक्षमा सुरेन्द्र बस्नेत नियुक्त

राष्ट्रिय युवा परिषद‍्को उपाध्यक्षमा सुरेन्द्र बस्नेत नियुक्त

2K
Shares

काठमाडौं – राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा सुरेन्द्र बस्नेत नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले बस्नेतलाई राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा नियुक्त गरेको हो ।

युवा तथा खेलकुद मन्त्रालयको मातहतमा रहेको परिषद्को उपाध्यक्ष नियुक्तिका लागि मन्त्रालयका सचिव डा. दामोदर रेग्मीको नेतृत्वमा ३ सदस्यीय सिफारिस समिति गठन गरिएको थियो । गत पौष १ गते युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले मन्त्रीस्तरीय निर्णयबाट सिफारिस समिति गठन गरेका थिए । सोही समितिको सिफारिसको आधारमा मन्त्रीपरिषद्को बैठकले बस्नेतलाई उपाध्यक्षमा नियुक्त गरेको हो ।

राष्ट्रिय युवा परिषद् ऐन २०७२ को दफा १५ बमोजिम ४ वर्षे कार्यकालका लागि बस्नेतलाई उपाध्यक्षमा नियुक्त गरिएको हो । उपाध्यक्ष पदमा नियुक्तिका लागि १२ जनाले आवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij