२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दश जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञा

दश जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञा

1.5K
Shares

 

काठमाडौं – कोरोना भाइरस संक्रमणको गति तिब्र रुपमा बढेपछि सरकारले कोरोना भाइरस संक्रमणको दोस्रो लहर नियन्त्रणका लागि १० जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञाको आदेश जारी गरेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शहरी क्षेत्रमा ५ सय र पहाडमा २ सय जना सक्रिय संक्रमित भए प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा लगाउन सक्ने निर्णय गरेको थियो । त्यही निर्णयमा टेकेर स्थानीय प्रशासन ऐनमा भएको व्यवस्थाअनुसार प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा लगाउने आदेश जारी गरेका छन् ।

 

सि.नं जिल्ला/क्षेत्र समयावधि कैफियत
१. काठमाडौं १६ गतेदेखि २२ गतेसम्म
२. भक्तपुर १६ गतेदेखि २२ गतेसम्म
३. ललितपुर १६ गतेदेखि २२ गतेसम्म
४. बाँके १३ गतेदेखि २० गतेसम्म
५. दाङ १७ गतेदेखि २५ गतेसम्म
६. कैलाली १६ गतेदेखि २२ गतेसम्म
७. रुपन्देही १६ गतेदेखि २९ गतेसम्म
८. पर्सा १६ गतेदेखि २२ गतेसम्म
९. कास्की १५ गतेदेखि २१ गतेसम्म जोर–विजोर
१०. सुर्खेत १५ गतेदेखि २१ गतेसम्म
११. बर्दिया १३ गतेदेखि २० गतेसम्म आंशिक निषेधाज्ञा
१२. बाग्लुङ ७ गतेदेखि १७ गतेसम्म बाग्लुङ नपाको ३ वडामा मात्र
१३. कालिकोट १० गतेदेखि १७ गतेसम्म खाँडाचक्र नपा ११ मा मात्र

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij