काठमाडौं– वैशाख १५ गते बुधबार मध्यरातदेखि ट्रान्जिट बनाएर तेस्रो मुलुक जान नपाइने जनाएको हो। अध्यागमन विभागले विज्ञप्ति जारी गर्दै कोरोनाको नयाँ लहर आएसँगै जोखिमलाई मध्यनजरमा राख्दै यो निर्णय गरेको जनाएको छ ।
‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आगमन गर्नर विमानस्थललाई ट्रान्जिटको रूपमा प्रयोग गरी अन्य गन्तव्यतर्फ यात्रा गर्न वैशाख १५ गते २४:०० बजेबाट लागू हुनेगरी रोक लगाइएको सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ।
नेपाललाई अन्तिम गन्तव्य बनाएर आउने र विदेश जानेहरूका लागि साबिक बमोजिम नै नियमित रहने जनाएको छ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij