२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कुमारी बैंकले एकै पटक बिस्तार गर्यो ८ शाखा

कुमारी बैंकले एकै पटक बिस्तार गर्यो ८ शाखा

1.6K
Shares

काठमाडौं – कुमारी बैंकले काठमाण्डौं उपत्यकाभित्र तथा बाहिर गरेर एकै पटक ८ नयाँ शाखा बिस्तार गरेको छ । काठमाण्डौंस्थित खुसिबुँ, पानीपोखरी , मालिगाँउ, नरेफाँट, नयाँ पाटी, बाफल, मैतिदेवीमा शाखा बिस्तार गरेको हो । त्यसैगरी उपत्यकाबाहिर मोरङ स्थित बेलबारी गरी कूल ८ शाखा बिस्तार गरिएको बैंकले जनाएको छ ।

बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानियलाई सहज रुपमा बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखा विस्तार गरिएको हो । बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा पु¥याउने योजना बनाएको जनाएको छ ।

कुमारी बैंकले १८७ शाखा, १५२ वटा एटिएम तथा १३ वटा एक्सटेन्सन काउण्टर र २३ वटा शाखाविहिन युनिटहरुद्घारा सेवा दिँदै आएकोमा ८ वटा शाखा बिस्तारसँगै बैंकको कुल शाखा सञ्जाल १९५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij