२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मेगा बैंकको ‘मेगा अभिभावक बचत खाता’

मेगा बैंकको ‘मेगा अभिभावक बचत खाता’

1.9K
Shares

काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडले ‘मेगा अभिभावक बचत खाता’ नामक आकर्षक बचत योजना ल्याएको छ ।बचतसँगै छोराछोरीहरुको भविष्य सुरक्षित र सुनिश्चित होस् भन्ने उद्देश्यले बैंकले ‘मेगा अभिभावक बचत खाता’ ल्याएको हो । न्यूनतम ५ सय रुपैंया बचत हुनुपर्ने यस खातामा ४.५ प्रतिशत ब्याज पाइनुका साथै बिभिन्न आकर्षक सुविधा तथा छुटको पनि व्यवस्था गरिएको छ । यस योजनामा खातावाला अभिभावकको ५ लाख रुपैंयाको दुर्घटना बिमाको व्यवस्था गरिएको छ ।

यसैगरी, मोबाइल बैंकिङ, भिसा डेबिट कार्ड, चेकबुक र अनलाइन बैंकिङ सुविधा निशुल्क रुपमा उपलब्ध गराइने बैंकले जनाएको छ । यसका साथै, खातावाललाई डिम्याट खाता तथा शेयर लगानी सम्बन्धी बिभिन्न आकर्षक विशेष सुविधाहरु पनि यस योजनामा समेटिएका छन् । खाताबाट सिधै शैक्षिक शुल्क भुक्तानी गर्न सकिने ब्यवस्था पनि मिलाइएको छ ।

मेगा बैंकले ग्राहकलाई आकर्षक र नवीनतम सुविधाहरु प्रदान गर्दै आएको छ । मेगा बैंकका देशभरकै २ सय ६ वटै शाखा तथा ३४ वटा एक्सटेन्सन काउन्टरहरुबाट यस योजना अन्तर्गत खाता खोल्न सकिने मेगा बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij