२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कृषि विकास बैंकले ६ अर्बको कृषि ऋणपत्र निष्काशन गर्ने

कृषि विकास बैंकले ६ अर्बको कृषि ऋणपत्र निष्काशन गर्ने

2.2K
Shares

काठमाडौं– कृषि विकास बैंकले ६ अर्ब रुपैयाँ बराबरको कृषि ऋणपत्र जारी गर्ने भएको छ ।बैंकले कृषि ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।

बैंकले कुल निष्काशनमध्ये ३ अर्ब ६० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्ने छ भने बाँकी २ अर्ब ४० करोड रुपैयाँ बराबरको सर्वसाधारणमा बिक्री गर्ने छ। बोर्डबाट अनुमति पाएपछि बैंकले उक्त ऋणपत्र बिक्रीमा ल्याउने छ।

बैंकको ऋणपत्रमा बिक्री प्रबन्धकको काम एनआइविएल एस क्यापिटलले गर्ने छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत कृषि क्षेत्रको लागि ऋणपत्र जारी गर्न सक्ने व्यवस्था गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij