२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नागरिक लगानी कोषले हकप्रद निष्काशन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति

नागरिक लगानी कोषले हकप्रद निष्काशन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति

1.5K
Shares

काठमाडौं– नागरिक लगानी कोषलाई हकप्रद शेयर निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बोर्ड सञ्चालक समितिको बैठकले कोषलाई ८२.८४ प्रतिशत हकप्रद निष्काशन गर्न अुमति दिने निर्णय गरेको हो ।

बोर्डबाट अनुमति पाएसँगै अब नागरिक लगानी कोषले हाल कायम चुक्ता पूँजीको ८२.८४ प्रतिशतले हुन आउने १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २०० रुपैंया बराबरको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता शेयर निष्काशन गर्ने छ ।

कोषको शेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैकिङ्ग लिमिटेड हो । हाल कोषको चुक्ता पूँजी १ अर्ब ६४ करोड रुपैयाँ छ । हकप्रद बिक्री गरेपछि कोषको चुक्ता पूँजी ३ अर्ब पुग्नेछ । कोषको नयाँ संशोधति ऐनअनुसार चुक्ता पूँजी बढाउने व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij