काठमाडौं -सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिएको छ । बैठकले सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने, संसद अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालयमा बुझाउन लागिएको आवेदन प्रक्रिया अगाडि नबढाउने र संवैधानिक नियुक्तिहरु सहमतिको आधारमा गर्ने निर्णय गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
बैठकमा स्थायी समिति बैठक ५ गते र केन्द्रीय समितिको बैठक १० गते बस्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij