२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लुम्बिनी विकास बैंकको नयाँ शाखा मगंलबजारमा

लुम्बिनी विकास बैंकको नयाँ शाखा मगंलबजारमा

1.7K
Shares

काठमाडौं – लुम्बिनी विकास बैंक लिमिटेडले बहुसंख्यकग्राहकहरुलाई बैंकिङ्ग सेवा पुर्याउने आफ्नो नीति अनुरुप ललितपुर, महानगरपालिका महापाल वडा नं. १६, मगंलबजारमा आफ्नो ६९औं शाखा कार्यालयको शुभारम्भ गरेको छ ।

बैंकको व्यवसाय,आफ्नो ग्राहक आधार तथा शाखा सञ्जालमासमेत निहित रहने हुँदा बैंकले आफ्नो पूर्व योजना मुताविक शाखा विस्तारलाई निरन्तरता दिने क्रममा देशका सात वटै प्रदेश अन्र्तगतका २८ जिल्लाका विभिन्न स्थानमा रहेका ६९ वटा शाखाबाट बैंकिङ्ग कारोबारको सुविधा दिँदै आएको छ ।

बैंकको हाल कायम चुक्ता पुँजी २ अर्व ७२ करोड रहेको छ । २०७७ असोज मसान्तमा बैंकको कुल जगेडा कोषमा रु २ अर्ब ९६ करोड रहेको छ । २०७७ असोज मसान्तसम्ममा बैंकको कुल कर्जा सापटी २७ अर्ब ९४ करोड पुगेको छ भने निक्षेप रु ३३ अर्ब ४१ करोड पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij