२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

क्रिकेट खेलाडी पारस खड्कालाई कोरोना संक्रमण

क्रिकेट खेलाडी पारस खड्कालाई कोरोना संक्रमण

2.7K
Shares

काठमाडौं – क्रिकेट खेलाडी पारस खड्का कोरोना संक्रमित भएका छन् । उनको शुक्रबार पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।

कोरोना भाइरस संक्रमणको लक्षण देखिन थालेपछि दुई दिनदेखि आफू घरमा आइसोलेसनमा बसेको र बिहीबारदेखि स्वाद र गन्ध थाहा नपाएको पारसले फेसबुकमा लेखेका छन् ।

उनले संक्रमण पुष्टि भएपछि सरकारले तोकेको मापदण्डअनुसार होम आइसोलेसनमा नै बस्ने बताएका छन् । उनले चितवनमा हुने गाैतम बुद्ध कप गुमाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij